चितवनः डेंगुको संक्रमण हुने लामखुटेको लार्भा हुने गरि पानी जमाएको भन्दै महानगरपालिकाले आज चार जनाई नियन्त्रर्णमा लिएको छ । नियन्त्रर्णमा लिईएकाहरुले टायरमा पानी भरिदाँ समेत अटेर गरेर नफालेको पाईएको थियो । महानगरको छड्के अनुगमनका क्रममा त्यस्तो भेटिए पछि उनिहरुलाई पक्र्राउ गरि प्रहरीलाई वुझाएको महानगरले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन यता जिल्लामा डेंगुको संक्रमण वढे संगै त्यसको प्रत्यक्ष प्रभाव भरतपुर महानगरपालिकामा परेको थियो । सवैभन्दा वढि संक्रमितहरु पनि यहि क्षेत्रका रहेका थिए । डेंगुको संक्रमणले महामारी लिने देखिए पछि महानगरले सचेतना जगाई रहेको छ ।
भरतपुर महानगरपालिकाले डेंगुको परिक्षणका लागि सरकारी अस्पतालमा किटको अभाव हुन नदिने जनाएको छ । भरतपुर अस्पतालमा गत शुक्रवारवाट किटको अभावमा डेंगुको परिक्षण रोकीएको छ ।
महानगर प्रमुख रेनु दाहालले डेंगु परिक्षणका लागि आवश्यक पर्ने किट सरकारी अस्पतालमा उपलव्ध गराईने वताउनु भयो । भरतपुर अस्पतालले किटको अभाव भएको भन्दै आईतवार भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यस लगत्तै महानगरले ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पत्राचार गर्दै तत्काल एक हजार र केहि दिनमानै थप चार हजार किट उपलव्ध गराईदिन आग्रह गरेको महानगरको सामाजिक विकास महाशाखा प्रमुख प्रधुम्न उपाध्यायले जानकारी दिनु भयो ।
महानगर प्रमुख दाहालले किटको व्यवस्थापन गरिदिन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव संग समेत कुराकानी गरिसकेको वताउनु भयो । हरीतालिका तीजका अवसरमा महानगर वासिमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले सम्वन्धित निकायवाट किट उपलव्ध हुन नसकेमा तत्कालका लागि प्रकृया पुर्याएर महानगरले व्यवस्था गर्ने जानकारी दिनु भयो । उहाँले भन्नुभयो “किटका कारण सरकारी अस्पतालमा डेंगु परिक्षण रोकीनु हुँदैन ।”
भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले किटको अभावमा परिक्षण रोकीएको वताउनु भयो । आज तीन सयवटा किट टेकुवाट आउने जानकारी दिदै सो किटले दुई दिन भन्दा वढि नधान्ने वताउनु भयो । किट व्यवस्थापनका लागि महानगर प्रमुख दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत लगाएत सवै लागि परेको हुँदा अवका दिनमा किटको अभाव नहुने विश्वास आँफुले लिएको जानकारी दिनु भयो ।
डेंगु परिक्षण निशुल्क हुने गर्दछ । अस्पताल संग किट खरिद गर्ने अधिकार र वजेट नहुने भएकाले किट नआएकै कारण सेवा रोकीएको उहाँको भनाई छ । किट भएमा जुन सुकै समयमा अस्पतालले परिक्षण गर्ने तिवारीले वताउनु भयो । अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले अस्पतालमा किट नहुँदा विमाका विरामीलाई निजि अस्पतालमा रिफर गर्न वाध्य भएको जानकारी दिनु भयो । निजिमा धेरै खर्च हुने भएकाले विरामीले मार खेप्नु परेको छ । रु पाँच सय हाराहारी पर्ने सो किट निजि अस्पतालमा परिक्षण गर्दा रु दुई हजार सम्म पर्ने गर्दछ ।
हाल सम्म जिल्लामा ५ सय ३७ जनालाई डेंगुको संक्रमण देखिएको छ । डेंगु र स्क्रवटाईफसका कारण तीन जनाको मृत्यु भईसकेको छ । जिल्लाको भरतपुर महानगरको शहरी क्षेत्रमा डेंगुको संक्रमण वढि रहेको छ ।
रोगले महामारीको रुप लिन सक्ने भन्दै शनिवार विहान सचेतनामुलक र्यालिको आयोजना गरेको महानगरले रोग परिक्षण सहज वनाउन चाहेको छ । प्रमुख दाहालका अनुसार सवै वडाहरुमा सचेतनामुलक कार्यक्रम गर्न निर्देशन दिईएको छ । दैनिक माईकिङ् गर्ने काम महानगरले गरिरहेको छ । अटेर गर्नेहरुलाई कारवाहि प्रकृया समेत अघि वढाएको जनाएको छ । यो संगै हरेक टोलमा हप्ताको दुई दिन लामखुट्ेको लार्भा खोज र नष्ट गर अभियान संञ्चालन गर्न समेत टोल वासिलाई आग्रह गरिएको छ ।