चितवनः रत्ननगर नगरपालिका वडा नम्वर १२ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गएराति अपरिचित व्यक्तिहरुले डिजेलछर्केर प्रशासन कक्षमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
वडा कार्यालयमा आगजनी भएको विषयमा आज विहान मात्र जानकारी आएको प्रहरीले जनाएको छ । आगजनीबाट कार्यालयको फर्निचर र कागजपत्रहरु जलेर नष्ट भएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयको झ्याल फुटाई डिजल छर्केर आगजनी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !