
चितवनः कोष तथा लेखा नियन्त्रर्ण कार्यालय चितवनले जिल्लाका विकासे आयोजनाहरुका लागि असार महिनामा मात्रै रु १ अर्व ८८ करोड ४७ लाख ८८ हजार १ सय ५७ निकासा गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको विकासका लागि संघिय सरकारले पठाएको पुजिगत वजेट मध्ये असार महिनामा मात्रै रु १ अर्व २२ करोड ६४ लाख ४२ हजार २ सय ८६ खर्च भएको छ । प्रदेश सरकारले पुजिगत विकासका लागि पठाएको वजेट मध्ये असार मसान्त सम्ममा रु ६५ करोड ८३ लाख ४५ हजार ८ सय ७१ पुजिगत वजेट निकासा गरिएको हो ।
जिल्लामा गत आर्थिक वर्षमा ८४ दशमलव ८४ प्रतिशत मात्र वजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रर्ण कार्यालय भरतपुरले जिल्लाको समग्र वजेट खर्चको विवरण सार्वजनिक गरेको हो ।
कार्यालयका सुचना अधिकारी कृष्ण वहादुर अधिकारीका जिल्लामा पुजिगत खर्च तर्फ ६९ दशमलव ३५ प्रतिशत मात्र खर्च भएको छ भने चालु तर्फ ९५ दशमलव २२ प्रतिशत खर्च भएको छ । जिल्लामा समग्रमा रु १६ अर्व ७७ करोड ७८ लाख ३० हजार ८ सय ३२ विनियोजित भएको थियो । संघ र प्रदेश सरकारका तर्फवाट विनियोजीत रकमको रु. १४ अर्व २३ करोड ४३ लाख ६ हजार २ सय७१ मात्र खर्च भएको छ ।
यो रकम मध्ये पुंजिगत खर्चका लागि रु ६ अर्व ७२ करोड ९५ लाख ८८ हजार ९२ निकासा भएको थियो । जस मध्ये रु ४ अर्व ६६ करोड ६८ लाख ४१ हजार ९ सय ३३ खर्च भएको छ ।
जिल्लाको विकासका लागि संघिय सरकार वाट रु १४ अर्व ५४ करोड ३५ लाख २१ हजार २ सय ४० विनियोजन भएकोमा खर्च भने रु १२ अर्व ७३ करोड४४ लाख १२ हजार ८ सय ४३ भएको कार्यालयले जनाएको छ । सुचना अधिकारी अधिकारीका अनुसार संघिय सरकारको वजेटमा चालु तर्फ ९५ दशमलव ९५ र पुंजिगत तर्फ ७१ दशमलव २२ प्रतिशत खर्च भएको छ ।
यस्तै प्रदेश सरकारवाट निकासा भएको रु २ अर्व २३ करोड ४३ लाख ९ हजार ५ सय ९२ मध्ये रु १ अर्व ४९ करोड ९८ लाख ९३ हजार ४ सय २८ मात्र खर्च भएको छ । जुन जम्म निकासाका ६७ दशमलव १३ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश सरकारले चालु खर्चका लागि रु ४३ करोड ६३ लाख ५२ हजार ५ सय रकम निकासा भएको थियो भने खर्च रु ३४ करोड ५१ लाख ७८हजार ९ सय २४ खर्च भएको छ । यस्तै पुजिगत तर्फ रु १ अर्व ७९ करोड ७९ लाख ५७ हजार ९२ विनियोजन भएकोमा रु १ अर्व १५ करोड ४७ लाख १४ हजार ५ सय ४ खर्च भएको छ । चालु खर्चमा प्रदेश सरकारकाले पठाएको रकम मध्ये ७९ दशमलव ११ प्रतिशत र पुजिगत तर्फ ६४ दशमलव २२ प्रतिशत मात्रै खर्च भएको छ ।
कार्यालयका प्रमुख महेन्द्र प्रसाद भण्डारीका अनुसार जिल्लाको समग्र खर्च हेर्दा सन्तोषजनक रहेको छ । राष्ट्रिय स्तरमा पुजिगत खर्चको विवरण हेर्नेहो भने ७० प्रतिशत रहेको उहाँले जानकारी दिनु भयो ।
कार्यालयले अघिल्लो आर्थिक वर्षमा ९० दशमलव ५७ प्रतिशत खर्च भएको थियो । पुजिगत तर्फ हेर्नेहो भने सो समयमा ८१ दशमलव ७७ प्रतिशत रकम खर्च भएको थियो ।
कार्यालयले चालु आर्थिक वर्षको असार ३० गते सम्म राष्ट्रिय वाणिज्य वैंकमा संघिय सरकारका लागि रु २९ अर्व १८ करोड ६१ लख ६ हजार ७६ राजस्व संकलन गरेको छ भने प्रदेश सरकारका लागि रु ५२ करोड ७ लाख ६५ हजार ९५ संकलन भएको जनाएको छ ।
यस्तै जिल्लामा रहेका सातवटा स्थानीय तहले ९३ दशमलव ८३ प्रतिशत निकासा लिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । सातवटा स्थानीय तहका लागि रु ३ अर्व ४२ करोड ८९ लाख ४१ हजार विनियोजन भएको थियो । जस मध्ये स्थानी तहले रु ३ अर्व ३७ करोड ११ लाख ७६ हजार ३ सय ३१ निकासा लगेका छन् ।
स्थानीय तहहरुका लागि रु २ अर्व १० करोड ८२ लाख ४१ सर्शत अनुदान स्वरुप प्राप्त भएको थियो भने समानीकरण अनुदान स्वरुप रु १ अर्व ३२ करोड ७ लाख विनियोजन गरिएको थियो । विनियोजित रकम मध्ये सर्शत अनुदानका लागि रु २ अर्व ५ करोड ४ लाख ७६ हजार ३ सय १० र समानीकरण अनुदानमा १ अर्व ३२ करोड ७ लाख निकासा गरिएको सुचना अधिकारी अधिकारीले जानकारी दिन’ भयो ।