चितवनः लामो समय देखि सामाजिक क्षेत्रमा कृयाशिल युवा समाज नेपालको नारायणगढ स्थित मुख्य कार्यालयमा गए राति तोडफोड र चोरी भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ३ मा रहेको कार्यालयमा रातको समयमा तोडफोड र चोरी भएको हो ।
समाजका अध्यक्ष केशव रेग्मीका अनुसार अज्ञात समुहले भवनको च्यानल गेट र भित्री ढोका फोरेर कम्युटर र कागजात छर्नुका साथै तोडफोड गरेका छन् । त्यहाँ रहेको एउटा ल्यावटप चोरी भएको उहाँले जानकारी दिनु भयो । केहि समय अघि वाल विकास कार्यक्रम अन्तर्गत वचत संकलन हुने गरेको थियो । वचत रकम भएको अनुमानमा चोरी गरिएको हुनसक्ने रेग्मीले वताउनु भयो ।
वि.सं. २०५१ सालमा स्थापना भएको समाजले चितवन, गोर्खा र तनहुँमा खानेपानी एवं सरसफाईका २७ आयोजना सम्पन्न गरेको पूर्व अध्यक्ष लिलाधर पौडेलले वताउनु भयो । यस संगै वालवालीका, महिला र मानवअधिकारका क्षेत्रमा समाजले काम गर्दै आएको उहाँको भनाई छ ।
समाजले घटनाका सम्वन्धमा प्रहरीमा जानकारी गराएको छ । समाजका पूर्व अध्यक्ष पौडेलले सामाजिक संस्थामा भएको चोरी र तोडफोड निन्धनिय भएको वताउनु भयो । दोशि माथि कडा कारवाहि गर्न माग समेत समाजले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले चोरी निउन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको वताउनु भयो ।