
चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १८ भेटघाट चोकमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा वुधवार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षिय राजन भट्ट र २८ वषिय रामचन्द्र गौडेल रहेको प्रहरीले जनाएको छ ।
वावुराम चोक वाट भेटघाट चोक तर्फ आउँदै गरेको ना ५३ प ५२४७ नम्वरको मोटरसाईकल र विपरित दिशा तर्फ जाँदै गरेको ग ९ प ११८५ नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुवै मोटरसाईकल चालकको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।