चितवनः बाघको आक्रमणवाट माडीमा एक जना गम्भिर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाईते हुनेमा माडी नगरपालिका वडा नम्वर ९ जेठी वगईका ४५ वर्षिय ईन्द्रजीत दुरा रहनु भएको छ ।
घर नजिकैको वनमा गाई वस्तु चराउन जानु भएका दुरालाई आज दिउँसो ३ः४५ वजे वाघले आक्रमण गरेको हो । वाघको आक्रमणवाट घाईते दुराको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।






