चितवनः जिल्लामा रहेका राजनैतिक दल, स्थानीय निकाय र स्थानीय जनताले रंगशाला निर्माणको काम अघि वढाउन आग्रह गरेका छन् ।
वाटो विवादको कारण देखाउँदै निर्माणको काम रोकिए पछि जिल्ला वासिले धुर्मश सुन्तलि फाउण्डेसनलाई रंगशाला निर्माणको कामलाई अघि वढाउन आग्रह गरेको हुन । जेठ १५ गते रंगशालाको पश्चिम तर्फ लगाईएको वार स्थानीयले भत्काए पछि फाउण्डेसनले अुरक्षाको कारण देखाउँदै काम गरेको छैन ।
जसका कारण भदौमा सिलन्याश गर्ने भनिएको रंगशाल काम रोकीदाँ अन्योलमा परेको छ ।
वार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छाडी सकेको छ । वार भत्काउनेहरुले सार्वजनिक रुपमा क्षमायाचना गरि भत्काएको वार आँफै निर्माण गर्ने जनाएका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको विस्तृत आयोजना प्रतिवेदन तयार भए पछि वाटोको टुङ्गो लगाउने आश्वासन दिई सक्नु भएको छ । वाटो फराकीलो वनाउँदा रंगशाला तर्फको भागवाट वढि छाड्नु पर्ने स्थानीयको माग छ ।
दाहालले रोकीएको काम तत्काल सुरु गर्नका लागि गृहकार्य अघि वढाईएको वताउनु भयो । स्थानीयको माग संम्वोधन भएको भन्दै उहाँले यस गौरवको आयोजना सम्पन्न गर्न सवै तर्फवाट सकारात्मक सहयोगको आव्हान समेत गर्नु भएको छ ।
भरतपुर महानगरमा रंगशाला निर्माणका लागि मुख्य रुपमा पहल गर्नु भएका यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन आएर निर्माणको गतिलाई अघि वढाउन पहल समेत गर्नुहुने भएको छ । प्रचण्ड पुत्री महानगर प्रमुख दाहालले आफ्ना पिता पुष्पकमल यस गौरवको आयोजना सम्पन्न गर्न लागि पर्नु भएको वताउनु भयो ।
रंगशाला निर्माण सहयोग समितिका संयोजक एवं जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले रोकीएको कामलाई अघि वढाउन पहल सुरु गरिएको जानकारी दिनु भयो । जिल्लाका विभिन्न स्थानीय तह र संघ संस्थामा रहेका नेतृत्व तहलाई समावेश गरेर विभिन्न समितिहरु निर्माण गरि रकम संकलनका लागि काम अघि वढाउने तयारीमा रहेको डल्लाकोटीले वताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यमवहादु परियारले धुर्मुश सुन्तली फाउण्डेसनलाई जनताको साथ र महानगरको रेखदेखमा काम अघि वढाउन आग्रह गर्नु भयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रोकीएको रंगशाला निर्माणको काम अघि वढाउन फाउण्डेसनलाई अनुरोध गर्दै साथ र सहयोगमा जुट्न नेता कार्यकर्तालाई आव्हान गर्नु भयो ।
रंगशालाको वार भत्काएको अभियोगमा थुनामा परेकाहरुले छुटे पछि आज पत्रकार सम्मेलनको आयोजना गरि फाउण्डेसनलाई काम सुचारु गर्न अनुरोध गर्दै साथ र सहयोगका लागि आँफुहरु तयार रहेको जनाएका छन् । सो ठाउँमा प्रहरी नायव निरिक्षकको नेतृत्वमा प्रहरीको विट समेत खडा गरिएको छ ।
रंगशालाको शिलन्यास भदौमा गर्ने गरि काम अघि वढाईएको थियो । रु ३ अर्वको लागतमा रंगशाला निर्माण गर्न लागिएको हो । गएको माघ १६ गते प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भरतपुर महानगर र फाउण्डेसन विच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । महानगरको पहलमा त्रिभूवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको जमिन रंगशालाका लागि उपलव्ध गराईएको हो ।

प्रतिक्रिया दिनुहोस !