प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई उपहार स्वरुप रुद्राक्ष दिनुभएको छ ।

हैदरवाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्ष उपहार दिंदै नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले गरेको ट्विटमार्फत ओलीले दिनुभएको उपहारको तस्वीर सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस !