चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा वालकको मृत्यु पछि आफन्त र स्थानीयले चिकित्सकको लापरवाहिका कारण भएको आरोप लगाएका छन् । वालकको मृत्यु पछि अहिले भरतपुर अस्पताल र पिडित परिवारका बिच बार्ता मार्फत समस्याको समाधान गर्नका लागि पहल भईरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ५ वस्ने प्रकाश वस्नेतका १४ महिनका छोरा रहेका छन् । निमोनियका कारण उपचारका लागि जेठ १४ गते भरतपुर अस्पताल ल्याईएका बालकको उपचारका क्रममा विहिबार साँझ मृत्यु भएको थियो ।
वालकले आमाको दुध खाने समयमा दुध र्सकिएर मृत्यु भएको अस्पतालले जनाएको छ । वालकको मृत्यु पछि वालकका आफन्त र सर्बसाधारणले चिकित्सकको लापरबाहिका कारण मृत्यु भएको भन्दै आक्रोशीत वनेका थिए । आक्रोशीत भिडले होहल्ला गरेको भन्दै विहिबार साँझ प्रहरीले सामाजिक अभियान्त अर्जुन भूषाल सहित ६ जनालाई नियन्त्रर्णमा लिएको प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !