करण जोहरले निर्माण गर्न लागेको चलचित्र ‘ब्रह्मास्त्र’मा सुपरस्टार अमिताभ बच्चन, आलिया भट्ट, रणबीर कपूरका साथमा साउथका सुपरस्टार नागार्जुनलाई पनि लिने बताइएको छ । साउथका दर्शकलाई मध्यनजर गर्दै यो निर्णय लिएको करणले बताएका छन् । सन् २००३ मा आएको जेपी दत्ताको चलचित्र ‘एलओसी कारगिल’ मा काम गरेका नागार्जुनले ‘ब्रह्मास्त्र’सँगै १५ वर्षपछि बलिउड फिल्ममा कमब्याक गर्न लागेका हुन् । नागार्जुन र अमिताभले सन् १९९२ मा फिल्म ‘खुदा गवाह’ मा एकसाथ काम गरेका थिए, २६ वर्षपछि दुईलाई स्क्रीनमा एकसाथ देख्न पाइने भएको छ । यसका साथै आलिया र रणविरले पनि नागार्जुनसँग पहिलो पटक यसै चलचित्रमा स्क्रीन सेयर गर्ने मौका पाएका हुन् ।२०२०मा प्रदर्शनमा आउने भनिएको धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको यस फिल्मको बजेट सय करोड बताइएको छ । जसबाट कारणले धेरै आश गरेका छन् ।