चितवनः अबैध रुपमा राखिएको भरुवा वन्दुकले शिकार गर्ने क्रममा आँफैलाई लागेर एक जना घाईते भएको पुष्टि भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ ईन्द्रेणी सामुदायीक बनमा तत शुक्रबार सिकार खेल्न जाने क्रममा आँफैले बोकेको अबैध भरुवा कन्दुक पड्कीदा स्थानीय ३९ वर्षिय सुक वहादुर चेपाङ् घाईते भएका थिए ।
उनीहरुले हरेक समयमा सिकार गर्ने गरेको र चेपाङ्ले यस अघि पनि सोहि अपराधमा पक्राउ परि सजाय भोगि सकेका थिए । सामुदायीक वनमा रहेको वदेल, चित्तल लगाएतका जनावारको सिकार गर्नका लागि उनिहरुले सो वन्दुक प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि निज चेपाङ्ले वाहिर बाट गोलिको छर्रा आएर आँफुलाई लागेको भनि दिएको वयान गलत भएको भन्दै अबैध रुपमा भरुवा वन्दुक प्रयोग गर्ने अन्य दुई जनालाई पनि पक्राउ गरि सार्वजनिक गरेको छ । निजहरुले प्रयोग गरेको तीनवटा भरुवा वन्दुक पनि प्रहरीले वरामत गरेको छ ।
घाईते चेपाङ् संगै अबैध रुपमा भरुवा वन्दुक चलाउने गरेको अभियोगमा प्रहरीले सोहि ठाउँका ३५ वर्षिय सोम वहादुर गुरुङ् र ३४ वर्षिय सुर्य वहादुर चेपाङ्लाई पक्राउ गरेको छ । प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले घाईते चेपाङ्को वन्दुक खालि रहेको र अन्य दुई वन्दुक भरीएको अबस्थामा भेटिएको बताउनु भयो ।
घाईते चेपाङ्को दाहिने खुट्टाको घुडामा गोलीको छर्रा लागेको छ । उनलाई थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौं लगिएको रेग्मीले बताउनु भयो ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२९ को उपदफा २ अनुसार १० वर्ष सम्म कैद र रु एक लाख सम्म जरिवाना हुन सक्ने रेग्मीले जानकारी दिनु भयो ।