चितनवः नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र बिकास निर्माणमा साझेदारी गराउँदै अगाडी वढाउने बताउनु भएको छ । आज भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उहाँले प्रहरी माथि समाजले बिश्वास गर्ने बातावरण तयार गर्न लागि परेको बताउनु भयो ।
पर्यटन प्रहरी पर्यटकको सुरक्षा संगै आम समुदायका लागि स्थापन गरिएको बताउँदै उहाँले पर्यटकीय नगरिहरु सुरक्षित वनाउन आबश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो “पर्यटकीय क्षेत्रहरुमा आउने पर्यटक सुरक्षित महशुश गरेमा मात्रै पर्यटन क्षेत्रको बिकास हुन्छ ।” पर्यटन व्यावसायीहरु विचको अस्वस्थ प्रतिशप्रधाका कारण पर्यटकहरु ढगिने गरेको भन्दै उहाँले अस्वस्थ प्रतिशप्रध ागर्न आबश्यक नरहेको बताउनु भयो ।
पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीले पर्यटन मन्त्रालय संग सहकार्य गर्दै सरकारले घोषणा गरेको पर्यटनका सय गन्तव्यहरुमा सिसि टिभि जडानको काम गर्ने तयारीमा रहेको उहाँको भनाई छ । पर्यटन क्षेत्र सुरक्षित हुन सकेमा मात्रै समाज सुरक्षित हुने र बिकासको गतिले तिब्र रुप लिने उहाँको बिश्वास छ ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र वस्नेत, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद सुवेदी लगाएतले बोल्नु भएको थियो । भरतपुर महानगरपालिका वडा नं. २२ का अध्यक्ष बिष्णुराज महत्तोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी रहने जानकारी दिईएको थियो । सो अवसरमा पर्यटन प्रहरीका लागि आबश्यक ६ थान मोटरसाईकल र संञ्चार सेट समेत प्रदान गरिएको थियो ।
पश्चिम चितवनको यस क्षेत्रमा अहिले तीन वटा तीन तारे होटल सञ्चालनको क्रममा रहेका छन् भने पाँच वटा ठूलो होटल सञ्चालन भईरहेका छन् । यस्तै साना दुई दर्जनको हाराहारिमा होटलहरु रहेको महत्तोले जानकारी दिनुभयो । ती होटलहरुमा ५ सय जनाको क्षमता रहेको छ ।
अहिले यस क्षेत्रमा आउने पर्यटकको संख्यामा अघिल्ला वर्षको तुलनामा २५ प्रतिशले बृद्धि भएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !