चितवनः प्रदेश नम्बर तीन अन्तर्गत चितवनमा दुर्घटना न्यूनिकरण महाअभिया कार्यक्रम संञ्चालन हुने भएको छ । केहि दिन अघि सम्पन्न दुर्घटना न्यूनिकरण सम्बन्धि सप्ताहा व्यापि कार्यक्रम आयोजना गरेको थियो ।
देशको मध्यभागमा पर्ने चितवनमा वढि मात्रामा दुर्घटनाहुने क्रम वृद्धि भए संगै महाअभियान सुरु गर्न लागिएको हो । यसका लागि आज जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा सरोकारवालाहरु संग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलले यस कार्यक्रमलाई कसरी अगाडी वढाउने भन्ने बिषयमा सात सदसिय कार्यसमिति समेत चयन गरेको छ ।
लायन्स क्लवका डिष्ट्रिक गभर्नर राम प्रसाद भट्टको संयोजकत्वमा सात सदसिय महाअभियान संञ्चालन समिति गठनगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक चन्द्रकुमार गिरिले जानकारी दिनु भयो । गिरिका अनुसार यस समितिले महाअभिया कहिले देखि कहिले सम्म संञ्चालन गर्ने, के कस्ता कार्यक्रमहरु अघि ल्याउने भन्ने विषयमा जानकारी लिदैं दुर्घटना न्यूनिकरणका लागि गर्न सकीने प्रयासका बारेमा समेत खोजि गर्ने छ ।
चितवनलाई लक्षित गरी गर्न लागिएको कार्यक्रमले सडक दुर्घटनालाई समेत न्यूनिकरण गर्न सकीने बिश्वास लिईएको छ । ट्राफिक कार्यालय प्रदेश नम्बर तीनका प्रमुख प्रहरी उपरिक्षक नविनराज राईले महाअभियानलाई प्रभावकारी रुपमा अघि वढाउन सके दुर्घटना न्यूपनिकरणका लागि ठोस कदम हुने विश्वास व्यक्त गर्नु भयो ।
वर्षेनि दुर्घटना वढे संगै स्थानीय संग सहकार्य गरेर दुर्घटना न्यूनिकरणका लागि महाअभियान सुरु गर्न लागिएको हो । जिल्लामा बर्षेनि सवारी दुर्घटनाका कारण सयैंको मृत्यु हुने गरेको छ भने सोहि अनुसार घाईते पनि हुने गरेका छन् ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा २ सय ५३ दुर्घटना भएका थिए । जसमा परि १ सय २९ जनाको ज्यान गएको थियो भने ४ सय ८७ जना घाईते भएका थिए । कार्यालयको तथ्याङ्क अनुसार यस वर्षमा सबैभन्दा वढि सवारी दुर्घटना भित्रि सडकमा हुने गरेका छन् । जहाँ ८७ वटा दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ भने १ सय १० जना घाईते भएका छन् ।
यस्तै पुर्व पश्चिम लोकमार्गमा ५४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परि २९ जनाको मृत्यु हुनुका साथै ९२ जना घाईते भएका छन् ।
कार्यालयको तथ्याङ्क अनुसार नारायणगढ –मुग्लिन सडक खण्डमा ४६, भरतपुर महानगरपालिकामा ४१ र पृथ्वी राजमार्गमा २५ वटा दुर्घटना भएका छन् । यस्तै अघिल्लो वर्ष यहि सयममा २ सय २३ सवारी दुर्घटना हुँदा १ सय ६ जनाको मृत्यु भएको थियो भने ४ सय ४५ जना घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस !