
चितवनः सरकार द्धारा प्रतिवसिन्धत नेपाल कम्युनिष्ट पार्टी (विप्लव)समुहका दुई जना नेताहरुले आज जिल्ला प्रशासन कार्यालय चितवनमा आत्मसमर्पण गरेका छन् । पार्टीलाई प्रतिवन्ध लगाए पछि फक्राउ परेका दुई नेताले प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत सामु आत्मसमर्पण गरेका हुन ।
आत्मसमर्पाण सहित पार्टी परित्याग गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा पार्टी परित्याग गरेपछि जिल्ला प्रहरी कार्यालय चितवनमा आई नेपालको संबिधानलाई सिरोधार गरि काम गर्ने र अव देखि यस्तो कार्यमा संलङ्न नहुने उनिहरुले वताएका छन् ।
पार्टी परित्याग गर्नेमा जिल्ला सचिवालय सदस्य पुरन राई र जिल्ला ईन्चार्जका अंग रक्षक विर वहादुर तामाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिनु भयो । रेग्मीका अनुसार उनिहरु संगै पक्राउ परेका अन्य एक जना भने जिल्ला कारागार चलान भएका छन् ।
तीनै जनालाई जनही ५÷५ हजार रुपैंया धरौटि तोकीएको थियो । कारागार चलान हुनेमा शिव वहादुर गौतम रहेका छन् । यी दुई जना संगै जिल्लामा अहिले सम्म ८ जनाले पार्टी परित्याग गरेर आफ्नो व्यावसायमा फकिएको रेग्मीले जानकारी दिनु भयो ।