नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य घटाएको हो। घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ। इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।

इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा मूल्य सूची पठाउने गर्दछ।

प्रतिक्रिया दिनुहोस !