चितवनः देशको मध्ये भागमार हरेको चितवन । त्यस संगै स्वास्थ्य क्षेत्रको रुपमा समेत चिनिदै आएको छ । यहाँ हरेक जिल्लाका व्याक्तिहरुको बसोबास रहँदै आएको छ ।
मध्येभागमा रहेको जिल्लाका कारण पनि यहाँ हरेक मान्छेको रोजाईमा पर्ने गरेको छ । यसै क्रममा जिल्ला कारागार चितवनमा पनि यस्तै समस्या वन्दै आएको छ । बिरामी भएर उपचारका लागि देखि बिभिन्न क्षेत्रबाट चितवनमा कैदि जिबनका लागि रोज्नेहरुको पनि उत्तिकै चाप वढेको छ ।
जसका कारण भरतपुर कारागारमा क्षमता भन्दा वढि कैदि वन्दीहरु रहेका छन् । यसको फल स्वरुप कारागारको क्षेत्र साँगुरुो भएको छ । कारागार साँगुरो हुँदै गर्दा स्थानान्तरणको प्रकृया सुरु गरिने भएको छ । सोका लागि जग्गा खोजि कार्य अघि वढाईएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतका अनुसार कैदी वन्दिको संख्या वढ्दै गए पछि फराकीलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ । हाल कारागारको क्षमता २सय ८० भए पनि अहिले ७ सय ३० कैदीवन्दि रहेका छन् । वस्नेतले ४÷५ विगाह जमिन खोजि भईरहेको बताउनु भयो । हाल कारागार रहेको ठाउँमा एक विगाह १३ कठ्ठा जमिन रहेको छ ।
भरतपुर महानगरपालिका संग समन्वय गरेर जग्गाको खोजि कार्य भईरहेको उहाँले बताउनु भयो । अस्पताल, अदालत, प्रशासन र सरकारी वकिलको कार्यालय आवत जावत गर्नु पर्ने भएकाले भरतपुरको शहरी क्षेत्रमानै जग्गाको खोजि भईरहेको उहाँले बताउनु भयो । टाढा कारागार हुँदा खर्चिलो र व्यवस्थापनमा कठिन हुने भएकाले शहरी क्षेत्रमानै जग्गा खोजि गरिएको उहाँले बताउनु भयो ।
जग्गाको पहिचान पछि कारागार भवन निर्माणका लागि प्रदेश सरकार तयार रहेको भन्दै उहाँले जग्गा खोजिको कामलाई तिब्रता दिईएको बताउनु भयो । चालु आर्थिक वर्षमा जग्गाको पहिचान गरि आउँदा आर्थिक वर्षमा निर्माणको तयारी गरिएको छ । कारागारमा धेरै गैंडा सम्बन्धि मुद्धाका कैदि वन्दि रहेका छन् भने अन्य जिल्लामा रहेका बिरामी कैदी वन्दिको रोजाई पनि चितवन हुने हुँदा यो संख्या वढ्दो छ ।
यस संगै पूर्बि नवलपरासिमा जिल्ला अदालत भए पनि कारगार नभएकाले त्यसको दवाव यहाँको कारागारले थेग्नु परेको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताउनु भयो । यहाँको कारागारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला तथा मकवानपुरबाट समेत कैदीबन्दी ल्याइने गरेको छ ।
विसं. २०७५ भदौ ३ गते पूर्वी नवलपरासीमा जिल्ला अदालत स्थापना भएपछि त्यहाँबाट यहाँ एक सय ५३ जना कैदीबन्दी ल्याएर राखिएको छ । जिल्लामा कैदीबन्दीको चाप बढी भएपछि यहाँबाट समेत देशका अन्य कारागारमा कैदीबन्दीहरु पठाउने गरिएको काफ्लेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !