चितवनः ईलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवा कक्षमा आत्महत्याको प्रयास गरेका समिर घिसिङ्को उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घिसिंङ्को उपचारका क्रममा पुरानो मेडीकल कलेजमा शुक्रबार राति ११ वजे मृत्यु भएको हो ।
चोरीको अभियोगमा बैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका वडा नम्बर १ सूर्यपुरका २४ वर्षिय घिसिङ्ले २६ गते दिउँसो थुनुवा कक्षमा रहेको शौचालयमानै आत्महत्याको प्रयास गरेका थिए । घिसिंङ्ले आत्महत्याको प्रयास गरे संगै प्रहरीको कम्जोरीका कारण घटना भएको भन्दै बिहिबार राति आफन्त र स्थानीयले ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका थिए ।
यस अघि शुक्रबारै सम्पन्न सर्बदलिय बैठकले ईलाका प्रहरी कार्यालय रत्ननगरमा कार्यारत प्रहरी नायव उपरिक्षक दयानिधी ज्ञवालीलाई काठमाडौं पठाउने, सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा १२ सदसिय छानबिन समिति गठन गर्ने लगाएतका पाँच बुद्धे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस !