
चितनवः नेपाली काँग्रेसका नेता गगनकुमार थापाले सरकारको कार्यशैली तानाशाही भएको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस ईच्छाकामना गाउँपालिका चितवनले आयोजना गरेको कार्यक्रता भेला कार्यक्रमलाई संम्बोधन गर्दै उहाँले अहिलेको सरकारको कार्यशैली सदनमा र समाजमा छर्लङ्ग भई सकेको बताउनु भयो । यसको जवाफ काँग्रेसले सडक र सदनबाट दिने उहाँको भनाई थियो ।
प्रधानमन्त्रीले सदन र सरकार दुबै चलाउन खोजेको आरोप लगाउँदै उहाँले यसको प्रतिकार काँग्रेसले सदन र सडक वाट गर्ने वताउनु भयो । उहाँले भन्नुभयो “प्रधानमन्त्री ओलिको दम्बलाई काँग्रेसले अव सडक र सदनबाट तह लगाउँछ ।” अहिलेको सरकार ईतिहाँसकै भ्रष्ट सरकार भएको आरोप लगाउँदै उहाँले दुई तिहाईको दम्भका कारण सरकारले मनखुसी गरेको बताउनु भयो । जनताले कम्युनिष्टलाई बिकास र स्थायीत्वका लागि मत दिएको भए पनि त्यसको कदर हुन नसकेको उहाँको आरोप थियो ।
संसारबाटै पलायन भएको कम्युनिष्ट नेपालबाट पनि बिस्तारै पलायन हुँदै जाने उहाँको भनाई थियो । सरकारका गलत कामहरुको बारेमा जनतालाई जानकारी गराउन काँग्रेसले जागरण अभियान सुरु गरेको बताउँदै उहाँले हरेक जनताले सरकारका गलत कामका बारेमा जानकारी लिन पाउनु पर्ने बताउनु भयो । गलत कामको भण्डाफोर गर्दै आगामि निर्वाचनमा पहिलो शक्ति वनाउनका लागि सबै तहका नेता तथा कार्यक्रता लाग्नु आबश्यक रहेको उहाँको भनाई थियो ।
पार्टीलाई संगठीत गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति वनाउनका लागि जागरण अभियान सुरु गरिएको उहाँले बताउनु भएको छ । गएको निर्वाचनमा पार्टीले भोगेको हारका विषयमा समिक्षा गर्दै आगामी रणनीतिका बारेमा जानकारी गराउनका लागि अभियान सुरु गरिएको उहाँले बताउनु भयो ।
नेपाली काँग्रेस ईच्छाकामना गाउँपालीकाका संयोजक बिष्णु कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निर्वतमान सभापति टेकप्रसाद गुरुङ्, प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, ईच्छाकामना गाउँपालिका अध्यक्ष गिताकुमारी गुरुङ्, काँग्रेस नेताहरु साबित्रि पुडासैनी, हिरा गुरुङ्, राम वहादुर लामा लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जितबहादुर राना सहित १ सय ६८ जना काँग्रेसमा प्रबेश गरेका थिए ।
प्रबेश पछि वोल्दै रानाले नेकपा नेतृत्वको सरकारको कार्यशैलि मन नपरेकै कारण पार्टी परित्याग गरी काँग्रेसमा आएको बताउनु भयो ।