चितवनः भारतीय माछाका कारण नेपाली माछाले वजार नपाउँदा किसानहरु चिन्तिीत वनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादीत माछाले वजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् ।

मत्स्य व्यवसायी संघ चितवनका सचिब लुलाराज तामाङ्का अनुसार अहिले माछा पालन गर्ने किसानहरु माछा बिक्रि नहुँदा निरास वनेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “अहिले मात्रै चितवनमा ३ सय टन माछा बिक्रिका लागि तयारी अबस्थामा रहेको छ ।” बिक्रिका लागि तयारी अबस्थामा रहेको माछाले बजार नपाउँदा किसानहरु आफै भन्सार छलेर आएका माछाको निगरानीमा लागेका छन् । भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाईने र नेपाली माछाले सो मूल्यसंग प्रतिशपर्धा गर्न नसकेको तामाङ्ले बताउनुभयो ।

काठमाडौंको बजारमा मात्रै दैनिक १५ टन माछा बिक्रि हुने गरेको भएपनि अहिले नेपाली माछा नगन्य रुपमा मात्रै काठमाडौं भित्रने गरेको उहाँले बताउनुभयो । यहाँको माछाको वजार काठमाडौं, पोखरा हुने गरेको भए पनि अहिले माछा खपत कम भएको संघका सदस्य निरञ्जन थापाले बताउनुभयो । थापाका अनुसार अहिले भन्सार छलेर आएका माछाको निगरानीका लागि काठमाडौं पोखरा प्रबेश गर्ने नाकाहरुमा शशस्त्र प्रहरीवलको सहयोगमा निगरानी वढाईएको उहाँले बताउनुभयो । मङ्सिर र पुस महिना भित्र नेपाली उत्पादनलाई वजारमा लगि सक्नुपर्ने भन्दै उहाँले यस्तै अबस्था रहे नेपालको उत्पादनले बजार पाउन कठिन हुने गुनासो गर्नुभयो । अहिले किसानकोमा जलकपुर र पाङ्गास माछाहरु तयारी अबस्थामा रहेका छन् ।

जिल्लामा हाल ८ सय भन्दा बढि हेक्टर क्षेत्रफल जलासयमा माछा पालिदैं आईएको छ । पशु सेवा कार्यालय तथा बिज्ञ केन्द्र भरतपुरकी मत्स्य बिकास अधिकृत गंगा भण्डारीका अनुसार जिल्लामा हाल १ हजार १०५ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पालिदैं आएको छ । जसबाट ४६ लाख ५५ हजार किलो माछा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बजारमा माछा आउन थालेको छ । भारतीय माछाका कारण नेपाली माछाले वजार नपाउने समस्या वढ्दो छ ।” भारतीय माछाको चोरी पैठारी रोक्न सरकारले काम गरीरहेको उहाँले बताउनुभयो ।

माडी, रत्ननगर, भरतपुर महानगरपालिका माछाका लागि पकेट क्षेत्रको रुपमा रहेको छ । यस्तै खैरहनी, राप्तीमा पनि माछा पालन हुँदै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !