काठमाडौं । रेडियो प्रशार सेवाविकास समिति(रेडियो नेपाल)ले महिला साहायता तथा स्तनपान कक्ष संचालनमा ल्याइएको छ ।
संविधान दिवश तथा राष्ट्रिय दिवश २०८१ को अवशर पारी रेडियो नेपालले आफ्नको केन्द्रीयकार्यालय सिंहदरबारमाआफ्ना महिलाकर्मचारीलाई लक्षित गरी स्तनपान तथा महिला सहायताकक्ष संचालनमा ल्याएको हो । स्तनपानकक्षको आईतबार एक कार्यक्रमकाबीच समितिकाअध्यक्ष एवं सूचना तथा संचार मन्त्रालयकी सचिव राधिकाअर्यालले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्नुहुँदै सचिव अर्यालले रेडियो नेपालले महिला मैत्री वातावरणका लागि गरेको प्रयासको प्रसंसा गर्नुभयो । उहाँले स–साना सकारात्मक प्रयासबाटै ठुला उपलब्धीहरु हाशिलहुने बताउँदै रेडियो नेपालमामहिला सहायता कक्ष निर्माण एकदमै सकारात्मक प्रयास भएको औंल्याउनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्नुहुँदै रेडियो नेपालकाकार्यकारी निर्देशक अमरध्वजलामाले यसबाट रेडियो नेपालमा कार्यरत महिला कर्मचारीहरुको मनोवल उच्चहुने र महिलाकर्मचारीका साथसाथै कर्मचारीका बालबच्चाहरुलाई फाइदा मिल्ने बताउनुभयो । उहाँले कार्यालयमा लैंगिक समानताका लागिआफुले रेडियो नेपालको कार्यकारी निर्देशकहुँदा गरेको वाचाअनुसार सहायताकक्ष संचालनमा ल्याएको बताउनुभयो । उहाँले कर्मचारीहरुको समस्या समाधानगर्न, मनोवलउच्चपार्न र विभेदरहितवातावरण बनाउनआफु हरदम लागिरहो बताउनुभयो
कार्यक्रममा बोल्नुहुँदै रेडियो नेपालदिदीबहिनी समूहका अध्यक्षएवं उपनिर्देशक प्रज्ञा सरदले लैगिङ्ग सशक्तिकरण र सामाजिक समावेशीअभियान्ताका रुपमा समेत परिचितकार्यकारी निर्देशक लामाले आफ्नो पदवहाली कार्यक्रममा गर्नु भएको घोषणा यत्ति छिटै पुरा भएकोमा खुसी व्यक्तगर्नुभयो ।उहाँले महिलाको समस्या महिलाको मात्रै समस्या नभई सिंगो परिवारको समस्याहुने बताउनुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशकले गर्नु भएको प्रयाशं रेडियो नेपालको इतिहासमै पहिलो पटक भएको बताउँदै सबै दिदीबहिनी र कर्मचारीका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।





