चितवन, १६ भदौः डेंगु संक्रमणका कारण भरतपुर महानगरपालिका वडा नम्बर २ का एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २ आपटारीका का ६३ बर्षिय पुरुष रहेका छन् ।
चितवन मेडीकल कलेजमा उपचारको क्रममा उनको शनिबार मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार ज्वरो आएर शुक्रबार कलेजमा भर्ना भएका उनको शनिबार मृत्यु भएको हो ।
जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ७२७ जनामा डेंगुको संक्रमण देखिएको छ । ३ हजार ४४ जनाको परिक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । संक्रमित मध्ये ५३२ जना चितवनका र अन्य जिल्ला बाहिरको रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !