चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादबले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु सगं कुराकानी गर्दै उहाँले सरुवा वढुवा नियमित प्रकृया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताउनु भयो ।
अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले अस्पतालहरुमा समस्या नहुने भन्दै उहाँले सरुवा बढुवा नियमित प्रकृया भएको बताउनुभयो । नराम्रो काम गरेका कर्मचारीहरुलाई मन्त्रालयमा तान्ने काम हुने उहाँको भनाई थियो ।
मन्त्री यादबले स्वास्थ्य बिमामा देखिएका समस्या समाधानका लागि सरकार र मन्त्रालयले समन्वय गर्ने बताउनुभयो । स्वास्थ्य बिमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने भन्दै उहाँले यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालयमा छलफल हुने बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य बिमा प्रति हामी गम्भिर छौ ।कसरी राम्रो गर्ने भन्ने बिषयमा हामी लागि परेका छौ ।” जनताले प्रत्यक्ष राहात पाउने बिमा कार्यक्रम भएको उहाँले बताउनुभयो । बिमा कार्यक्रमलाई मन्त्रालय माताहत ल्याउनका लागि ऐन परिवर्तन गनुपर्ने आबश्यकता रहेको भन्दै उहाँले यस बिषयमा छलफल भईरहेको बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले जनशक्ति अभाव भएका अस्पतालहरुमा आबश्यक जनशक्ति थप गर्नका लागि मन्त्रालयले परिपत्र गरीसकेको बताउनुभयो । उहाँले भन्नुभयो “देशका सबै अस्पतालमा जनशक्ति थप्ने आफ्नो पहिलो निर्णय भएको छ । त्यसका लागि प्रकृया अघि वढेको छ ।” आबश्यकता अनुसार अस्पतालहरुले कर्मचारी भर्ना गर्न सक्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !