चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर अस्पतालको बिकासमा संघिय सरकारले सहयोग गर्ने बताउनुभएको छ । अस्पतालको ६८ औं बार्षिकोत्सब समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जिल्ला अस्पतालाट संघिय अस्पतालको रुपमा बिकास भएको यस अस्पताललाई आबश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको हो ।
अस्पताल प्रशासनले एमबिबिएस कक्षा संञ्चालनका लागि अनुमति माग गरेको भन्दै उहाँले यो बिषयमा छिट्टै परिणाम दिने बताउनुभयो । उहाँले भन्नुभयो “ म तपाईहरुलाई भन्न चाहान्छु की एम बिबिएस कक्षा संञ्चालन गर्नुपर्ने अस्पताल प्रशासनको माग प्रति म पूर्णत सहमत छु । मलाई बश्वास छ तपाईहरुलाई छिट्टै सकारात्मक परिणाम आउने छ । यो आश्वासन होईन यो कमिटमेन्ट हो ।” संगठन तथा व्यवस्थापन सर्बेक्षण (ओएनएम) सर्बे अनुसार कर्मचारी व्यवस्थापनका लागि आबश्यक स्रोत व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
अस्पतालमा नयाँ कार्यक्रम र कक्षा संञ्चालनका लागि अत्याधुनिक शैक्षिक भवन, भण्डारण, फोहोर व्यवस्थापन, काडीयो थेरापिक सर्जरीका लागि अत्याधुनिक उपकरण खरिदमा संघिय सरकारका तर्फबाट सहयोग हुने बताउनुभयो । आफ्नै पहलमा बि. सं. २०७९ साल चैत १० गतेबाट भरतपुर अस्पताल राष्ट्रिय चिकित्सा बिज्ञान प्रतिष्ठानको आंगिक कलेजको रुपमा बिकास भएको उहाँले बताउनुभयो ।
संघिय अस्पतालको रुपमा बिकास गर्न र यसलाई यहाँ सम्म ल्याउन आफ्नो तर्फबाट ठूलो सहयोग रेहेको उहाँको भनाई थियो ।
कार्यक्रममा उपप्रधान एबं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादबले यस अस्पताललाई बिशिष्टकृत अस्पतालको रुपमा बकिास गर्ने बताउनुभयो । बिशिष्टकृत सेवा दिनका लागि स्वास्थ्य उपचार, स्वास्थ्य शिक्षा र अनुसन्धान आबश्यक हुने भन्दै उहाँले यस अस्पतालमा यी सबै पूर्बाधार तयार भएको बताउनुभयो । यस अस्पताललाई उपचारको केन्द्रको रुपमा बिकास गर्न सरकार लागिरहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “यस अस्पताललाई नेपालको महत्वपूर्ण केन्द्रको रुपमा बिकास गरिने छ ।”अस्पताल प्रशासन, स्थानीय र बिकरामीको चाहना एबं आबश्यकता हेरेर सरकार अघि वढ्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदसइ उत्तम जोशी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वयउ समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगाएतले अस्पतालको बिकास र सेवा बृद्धिमा संघिय सरकारले ध्यान दिनुपर्ने बताउनुभएको थियो । गरिब निमुखाको उपचार गर्ने थलोको रुपमा बिकास भएको यस अस्पताललाई अझै बिशिष्टिकृत गर्न आबश्यक रहेको उहाँहरुको भनाई थियो ।
अस्पताल बिकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको बारेमा प्रकाश पार्नुभएको थियो । बि. सं. २०१२ सालमा स्थापना भएको यस अस्पतालले अहिले चितवन सहित २२ जिल्लाका बिरामीलाई सेवा पु¥याउँदै आएको सो अबसरमा जानकारी दिईएको थियो । कार्यक्रममा उत्कृष्ठ चार कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो ।





