नारायणगढः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेट स्क्यान मेसिन खरिद गर्न निर्देशन दिनु भएको छ । क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन अस्पलालाई यसै वर्ष खरिद प्रक्रिया अघि बढाउन उहाँले निर्देशन दिनु भएको हो ।

वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवको मंगलबार निरीक्षण पछि अस्पतालले आयोजना गरेको परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दैै उहाँले हाल अस्पतालले पूर्णता पाएको अवस्थामा पनि क्यान्सर उपचारको लागि अति आवश्यक पेट स्क्यान र साइक्लोटोन उत्पादन गर्ने मेसिनको खरिद प्रक्रिया अघि बढाउन नसके कहिले हुने भन्ने उहाँको प्रश्न थियो । उहाँले भन्नुभयो “जसरी हुन्छ प्रक्रिया पुरा गरेर आउनुहोस अनि खरिदका लागि पैसा लैजानुहोस । हाम्रो खातामा हामी पैसा राख्न चाहाँदैनौं ।” चितवनको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताल देशकै महत्वपूर्ण अस्पताल रहेको भन्दै उहाँले दुवै अस्पताल राज्यको अभिन्न अंगको रुपमा रहेको बताउनुभयो । उहाँले क्यान्सर अस्पतालमा राज्यले गरेको लगानीकोे प्रतिफल सकारात्मक देखिएकोे भन्दै यो कुरा राज्यले गर्व गर्नै ठाउँ भएको बताउनभयो । उहाँले भन्नुभयो “जसरी हामीले यहाँको भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा खर्च गरेका छौं त्यसको आउटपुट देखिन्छ ।”

अस्पतालमा नयाँ कार्यकारी निर्देशक आएपछि अझ थप सुधार हुने आशा व्यक्त गर्दे उहाँले अस्पतालका सबै कर्मचारी र चिकित्सकहरुलाई अनुशासित ढंगले काम गर्र्न आग्रह गर्नुभयो । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले आफ्नो क्षमताले भ्यायसम्म अस्पतालको हितमा काम बताउनुभयो ।

त्यसैगरी अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले अस्पतालले हाल पूर्णता पाएको अवस्थामा अब काम गरर देखाउने दिन आएको बताउनुभयो । अस्पतालमा आजको आवश्यक भनेको पेट स्क्यान मेसिन रहेको भन्दै उहाँले सबै मिलेर र यसको खरिदमा पहल गर्न आग्रह गर्नुभयो । आज कयौं बिरामी यसको अभावमा महङ्गो पैसा तिरेर बाहिर उपचार गर्न बाध्य भएको अवस्था रहेको भन्दै उहाँले मेसिन ल्याउन सके चितवन मात्र नभएर देशकै गौरबको विषय बन्ने उहँको भनाई छ ।

कार्यक्रममा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका विभागीय प्रमुखहरु, चाइनिज मेडिकल टिमसँगै नीति योजना अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेल र प्रशासन महाशाखा प्रमुख तुलशीनाथ गौतमलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !