चितवन: बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पताल र प्रयोगशालाबाट बिश्वसनीय सेवा प्रदान हुनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भरतपुरमा स्थापना गरेको जनस्वास्थ्य प्रयोगशाल सेवा इकाईको उद्घाटन गर्दै उहाँले सरकारबाट सञ्चालित स्वास्थ्य कार्याक्रमले जनतालाई विश्वसनिय सेवा दिनु पर्ने बताउनुभएको हो ।
बागमती प्रदेश सरकार अहिले हुदाँ खानेको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन लागि परेको बताउँदै उहाँले छिटो छरीतो र विश्वसनिय सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । आँफु स्वास्थ्य मन्त्री भए देखि मन्त्रालयको भ्रष्टाचार न्यूनिकरणमा लागेको उहाँको भनाई थियो ।
बागमती प्रदेश सरकारले धुलिखेलमा सञ्चालनमा ल्याएको प्रयोगशालाको शाखा चितवनमा स्थापना गरिएको हो । यस प्रयोगशालाले नसर्ने, सर्ने रोगको अध्ययन, गुणस्तर मापन र तालिम दिने जस्ता कामहरु गर्ने प्रयोगशालाका निमित्त निर्देशक नारायण वहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नसर्ने रोगको सम्बन्धमा आबश्यक अध्ययन, अनुसन्धानका नतिजाको आबश्यक समन्वय र आदान प्रदान गर्ने छ । यस्तै सर्ने रोगको अनुसंन्धान गर िनतिजा बितरण गर्ने, प्रादेशीक प्रयोगशालाबाट गुणस्तर नियन्त्रण्का लागि पठाईएका नमुनाहरुको परिक्षण गरि नतिजा संकलन गर्ने र बिश्लेषण गर्ने, ल्यावहरुको गुणस्ता मापन गर्ने लगाएतका काम गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिब बद्री वहादुर खड्काले प्रदेश सरकारले धुलिखेल प्रयोगशालाको शाखाको रुपमा पहिलोपटक चितवनमा प्रयोगशाला स्थापना गरेको बताउनुभयो । यहाँ रहेका उपकरणहरु उच्च प्रबिधिका रहेको बताउँदै उहाँले नतिजा समेत कम्युटरबाटै आउने भएकाले मानविय त्रुटी नहुने बताउनुभयो ।
सो अबसरमा नेकपा एमाले बागमती प्रदेशका संसदिय दलका नेता जगन्नाथ थपलिया, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणी भण्डारी लगाएतले प्रयोगशालाबाट चितवन सहित अन्य जिल्लाका बिरामीहरुले समेत सेवा पाउन सक्ने बताउनुभयो ।
यस प्रयोगशालामा चारजना अधिकृत सरहका प्राबिधिकले नियमित सेवा दिनेछन् । यस प्रयोगशाला बाट १०८ प्रकारका नमुनाको परिक्षण हुने छ । यस प्रयोगशालामा बाहिर भन्दा शस्तोमा परिक्षण गरिने छ । प्रयोगशालामा रहेका उपकरणहरु धुलिखेर प्रयोगशालामा सञ्चालनमा आइरहेका उपकरण रहेका छन् ।





