चितवनः मृर्गाैला पीडित सराेकार समाज चितवनले बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्म जाेशी समक्ष ११ बुद्वे मागहरु राख्नु भएकाे छ । आज भरतपुरमा रहेकाे उहाँकाे सम्पर्क कार्यालयमा पुगि समाजका जिल्ला अध्यक्ष सहितका टाेलिले उहाँलाई ज्ञापनपत्र बुझाएका हुन् ।
समाजका अध्यक्ष जीवनाथ पराजुली सहितकाे टाेलिले मृर्गाैला प्रत्याराेपणलगरेका बिरामीहरु अौषाधि लिन र थप उपचारका लागि काठमाडाै जानू पर्ने बाध्यता अन्त्य गरिनु पर्ने लगाएतका मागहरु सहितकाे ज्ञापनपत्र मन्त्री जाेशीलाई बुझाएका हुन । लुम्विनी प्रदेश र काेशि प्रदेशले जस्तै मृर्गाैला पिडित बिरामिलाई दिएकाे आर्थिक सहयाेग बागमती प्रदेशले पनि दिनु पर्ने, बिरामीलाई अस्पताल र घर लान, लैजान एम्वुलेन्सकाे व्यवस्था गरिनु पर्ने, फिस्टुलाका बिरामीकाे उपचारका लागि चिकित्सककाे व्यवस्था गरिनु पर्ने लगएतका मागहरु मन्त्री जाेशीलाई बुझाएका हुन् ।
मृर्गाैला पिडित सराेकार समाज नेपालकाे ज्ञापनपत्र बुझ्दै मन्त्री जाेशीले समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे ” समस्या समाधानका लागि के गर्न सकिन्छ सुझाव दिनुस् । सरकार तपाईहरुकाे पक्षमा छ ।” जनताकाे पक्षमा सरकार छ भन्ने अनुभूती दिलाउने गरि काम गर्ने उहाँकाे भनाई थियाे ।






