काठमाडौं, ३ पुस। नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की अध्यक्षको आधिकारिक उम्मेदवार बन्ने भएका छन्। प्रजातान्त्रिक चिकित्सक समूहको आइतबारको बैठकले डा कार्कीलाई संघको अध्यक्षमा उठाउने निर्णय गरेको हो। प्रजातान्त्रिक समूहबाट डा कार्कीसँगै डा भूपेन्द्र बस्नेत र डा बद्री रिजाल पनि आकांक्षी थिए। उक्त समूहबाट महासचिवको पनि टुङगो लागेको छ। महासचिवमा डा सञ्जिव तिवारीलाई उम्मेदवार बनाइने भएको छ। महासचिवमा डा विश्वराज दवाडी र डा प्रकाश बुढाथोकी पनि आकांक्षी थिए। आसन्न चिकित्सक संघको निर्वाचनका लागि क–कस्लाई उम्मेदवार बनाउने भनेर प्रजातान्त्रिक समूह तीनदिनदेखि निरन्तर छलफलमा थियो।





