चितवनः चितवन मेडिकल कलेज ताेडफाेड गर्ने तीन जना पक्राउ परेका छन् । अस्पतालले नाै जना बिरुद्ध किट्टानी जाहेरी दर्ता गरे संगै उननीहरुलाई पक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का धन वहादुर वि.क., जीवन सुनार र बिकास वहादुर दमाई रहेका छन् ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितका अनुसार उनीहरुलाई आईतबार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरु सहित ९ जनाको किटानी जाहेरी परे संगै पक्राउ गरिएको उहाँले बताउनुभयो । अन्यको खोजी कार्य भईरहेको कार्यालयले जनाएको छ । उनीहरु बिरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को शंसोधन २०७९ अनुसार मुद्धा दर्ता गरिएको पण्डितले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ को शंसोधन २०७९ अनुसार स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु¥याउनेलाई तीन वर्ष सम्म कैद वा ३ लाख जरिवाना हुने व्यवस्था रहेको छ ।
यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्षमा क्षती भएको थियो । सो घटनालाई लिएर नेपाल चिकित्सक संघले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको थियो ।





