चितवनः विश्व कण्डम दिवसको अबसमा भरतपुरमा अटो ¥यालिको आयोजना गरिएको छ । भरतपुर अस्पताल परिसरबाट सुरु गरिएको ¥यालिले भरतपुर महानगरको मुख्य शहरी क्षे परिक्रमा गरेको थियो ।
कण्डमको बारेमा सचेतना जगाउनका लागि एड्स एल्थ फाउण्डेसन (एएचएफ)ले ¥यालीको आयोजना गरेको हो । ¥यालिमा सहभागीहरुको एचआईभि परिक्षण समेत गरिएको थियो ।
कार्यालयका प्रमुख कृष्णहरी सापकोटाका अनुसार हरेक वर्ष प्रेम दिवसको अघिल्लो दिन मनाईने कण्डम दिवसको अबसरमा आज जिल्लाको भरतपुर महानगर र रत्ननगर नगरपालिकामा एड्स परिक्षण गरिएको थियो । आज एक सय ६० जनाको एड्स परिक्षणमा एक जनामा संक्रमण देखिएको थियो । यौन जन्य रोग नियन्त्रणका लागि कण्डमको प्रयोग आबश्यक रहेको सो अबसरमा भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा कृष्ण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार कण्डमको प्रयो जो कोहीले पनि गर्न आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विश्व एड्स दिवसको अबसरमा एक हजार ६ सय कण्डम बितरण गरिीको थियो ।

प्रतिक्रिया दिनुहोस !