चितवन, १० माघ । जिल्लामा सक्रिय रुपमा रहेका कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ९० पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज पिएका ५ सय ८३ सहित सक्रिय संक्रमितको संख्या ३ हजार ३ यस ९० पुगेको हो ।
आज यहाँ गरिएको १ हजार २ सय ७१ को परिक्षणमा सो संख्यामा कोरोना पोजेटिभ देखिएको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार संक्रमित मध्य ३ सय ४६ जना पिसिआर बिधिबाट र २ सय ३७ जना एन्टिजिन बिधिबाट गरिएको परिक्षण हो । अहिले जिल्लाका बिभिन्न अस्पतालमा ४१ जना संक्रमित बिरामीको उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । अन्यको होम आइसोलेसनमा उपचार भईरहेको छ ।






