चितवनः जिल्लाका तीन अस्पतालमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यहाँको भरतपुर अस्पताल चितवन मेडीकल कलेज र पुरानो मेडीकल कलेजमा उपचाररत उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई जना चितवनका रहेका छन् भने अन्य वाहिरी जिल्लाका रहेका छन् ।
चितवन मेडीकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरएका एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ७ का ८८ वर्षिय वृद्ध रहेका छन् । निमोनियाको समस्या भई बैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ८ः४१ वजे मृत्यु भएको हो ।
पाल्पाका कोरोना सङ्क्रमितको पुरानो मेडीकल कलेजमा मृत्यु भएको छ । मृत्यु हुनेमा रिद्धीकोट गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई सङ्क्रमण पछि बैशाख २१ गते अस्पताल आएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा आज विहान ७ वजे मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर २० का ३२ वर्षिय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको बिरामी भई बैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शुक्रबार राती १०ः४५ वजे मृत्यु भएको हो ।
चितवन मेडीकल कलेजमा उपचारका क्रममा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का ५८ वर्षिय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख २३ गते अस्पतालमा भर्ना भएका उनको सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको शुक्रबार राती ११ः१५ वजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचाररत मकवानपुरकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ८ की ४३ वर्षिया महिलाको कोरोना सङ्क्रमणका कारण शुक्रबार राती ७ः४५ वजे मृत्यु भएको हो । निमोनियाको समस्या भई बैशाख २५ गते अस्पताल भर्ना भएकी उनमा २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
पुरानो मेडीकल कलेजमा उपचारका क्रममा अर्घाखाँचीका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घा नगरपालिका वडा नम्बर १० का २७ वर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि पछि निमोनियाको समस्या भई बैशाख २९ गते अस्पताल भर्ना भएका उनको शुक्रबार राती १२ः३० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।






