चितवनः पश्चिम चितवनमा आज ट्याक्टर पल्टँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १७ का ३४ वर्षिय भक्तबहादुर गुरुङ् रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्रोव्रेनीबाट बेलबा तर्फ आईरहेको ना ५ त १७४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टँदा गम्भिर घाइते भएका ट्याक्टर चालक गुरुङ्को मृत्यु भएको हो ।

घाइते गुरुङ्लाई अस्पताल तर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको हो । सदउँसो १२ः३० वजे दुर्घटना भएको थियो । मृत्यु दिउँसो १२ः४५ वजे भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !