चितवनः भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको कालिकामाइ नगरपालिका वडा नम्बर २ भेडिहरीका ५५ वर्षिय पुरुष रहेको अस्पतालले जनाएको छ ।
यही चैत २८ गते कोरोना सङ्क्रमण पुष्टि भई २९ गते अस्पतालमा उपचारका लागि भर्ना भएका उनको आज बिहान मृत्यु भएको हो । मृत्यु भएका उनको शब व्यवस्थापनका लागि सेनाको टोली संग समन्वय भइरहेको अस्पतालले जनाएको छ ।






