दाङ । दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१/८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ । कार्यालय प्रमुख कृष्णबहादुर विकले रु ३२ करोड ७३ लाख बजेमध्ये रु ३१ करोड ८३ लाख ५६ हजार अर्थात ९७.२७ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।
झिग्नी बबई सिँचाइ योजना घोराही–३ र घारिचौर सिँचाइ योजना बङ्गलाचुली–७ को ठेक्का सम्झौता भइसकेको छभने बस्तीखोला सिँचाइ योजना शान्तिनर–३ र ४ को काम बोलपत्र आह्वान भएको छ ।
कार्यालयले २०७२ सालदेखि अहिलेसम्म १६२ किलोमिटर नहर पक्की बनाएको छभने ६७ लिफ्ट सिँचाइ, ६७ पम्प हाउस, ९.७३ किलोमिटर पाइप लाइनिङ, ४५ वटा विद्युतीकरण गरेको छ । जसबाट थप सात हजार ६३२ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ, भने ३१ हजार ५८३ हेक्टरमा सिँचाइ सुविधा सुदृढीकरण गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी, कूल ७२.७७ किलोमिटर तटबन्ध तथा नदी नियन्त्रण गरिएको छ । जसबाट १२ हजार ५४६ हेक्टर जमिन सुरक्षित भएको छभने आठ हजार ६५८ वटा घर सुरक्षित भएका छन् । कार्यालय प्रमुख विकका अनुसार दाङमा ७५ हजार ९९१ हेक्टर (२५.७२ प्रतिशत)कृषि क्षेत्र हो । जसमध्ये अहिले ६० हजार ३६७ हेक्टर (२०.४३ प्रतिशत) मा सिँचाइ सुविधा पुगेको छ ।






