चितवनः डिभिजन वन कार्यालय चितवनमा १०२ मुद्धा फछ्र्यौट हुन बाँकी रहेका छन् । आर्थिक वर्ष २०७६÷०७७ यताका ती मुद्धा फछ्र्यौट हुन बाँकी रहेका हुन । आर्थिक वर्ष २०७६÷०७७ देखि चालु आर्थिक वर्षको चैत समान्त सम्मका १६९ वटा मुद्धा मध्ये ६७ वटा बुद्धा मात्रै फछ्र्यौट भएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार ती मुद्धा मध्ये १२ वटा बन्यजन्तु सम्बन्धी मुद्धा हुन भने अन्य वन पैदावार सम्बन्धी रहेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा १३ वटा, २०७७÷०७८ मा ३७ वटा, २०७८÷०७९ मा ४३ वटा मुद्धा दर्ता भएका थिए । यस्तै २०७९÷०८० मा २७ वटा, २०८०÷०८१ मा २९ वटा र चालु आर्थिक वर्षको हाल सम्म २० वटा मुद्धा दर्ता भएका छन् ।

दर्ता भएका मुद्धाका २३० जना प्रतिवादी पक्राउ गरिएको छ । तीनै मुद्धाका ९९ जना फरार प्रतिवादी रहेको उहाँले जानकारी दिनुभयो । मुद्धामा संलङ्न व्यक्तिहरुबाट ९ वटा मोटरसाईकल र ५३ वटा साइकल बरामद गरिएको छ ।

कार्यालयमा मुद्धा दर्ता हुने भए पनि मुद्धाको फछ्र्यौट गर्ने बिषयमा दुबिधा हुँदा लामो समय देखि थन्किएर बसेका मुद्धाहरु गत आर्थिक वर्षबाट मात्रै फछ्र्यौट हुन सुरु गरेको हो । फैजदारी संहिता आए संगै रोकिएको फछ्र्यौट गत आर्थिक वर्षमा मन्त्रालयको परिपत्र अनुसार फैसला गर्न थालिएकाले मुद्धा फछ्र्यौट संख्या कमी भएको हो ।

कार्यालयका प्रमुख थिर वहादुर कार्कीका अनुसार कानुनले नेपाल सरकारको डिभिजन वन अधिकृतले मुद्धा हेर्ने भनेको र अहिले डिभिजन वन कार्यालयहरु प्रदेश सरकारमा रहेकाले दुबिधा हुँदा मुद्धाको किनारा लगाउन ढिला भएको हो । उहाँले भन्नुभयो “गत वर्ष मन्त्रालयको परिपत्र आए पछि काम सुरु गरेका हौँ ।” यस अघि डिभिजन वन कार्यालयले मुद्धाहरु अदालतमा पठाउनु पर्ने र अदालतमा मुद्धाका चाप वढि हुने भएकाले ढिला भएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयले मुद्ध हेर्न पाउने भएपछि गत वर्ष र यस वर्षमा मुद्धाको फछ्र्यौट हुने क्रम वढेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !