
चितवन: पूर्ब पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर ५ पम्पापुलमा काठमाडौंबाट धरान जाँदै गरेको बस र सोही दिशाबाट आउँदै गरेको ट्रक ठक्कर खाँदा बसमा सवार दश जना घाईते भईका छन् । बागमती प्रदेश ०१–००६ ख ४७९९ नम्बरको बस र ना ६ ख ५९२७ नम्बरको ट्रक ठक्कर खाएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक भेषराज रिजालका अनुसार घाईते मध्ये आठ जनाको अबस्था मध्यम र दुई जनाको अबस्था सामान्य रहेको छ । उनीहरु मध्ये चार जनाको पुरानो मेडीकल कलेजमा र ६ जनाको एलाईभ हस्पिटलमा उपचार भईरहेको छ । दुर्घटना आज बिहान २ः३५ वजे भएको हो । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।