चितवनः पूर्ब पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर ४ मार्तल पुल नजीक ट्रकले साईकल यात्रीलाई ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ४ का ६५ वर्षिय हरि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार लोथरबाट नारायणगढ तर्फ आउँदै गरेको वा.प्र ०३–००१ ख १८६३ नम्बरको ट्रकले साईकल यात्री पाण्डेलाई मंगलबार राती ९ः४५ वजे ठक्कर दिएको हो । ठक्करबाट घाईते पाण्डेको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा राती १०ः३० वजे मृत्यु भएको कार्यालयले जनाएको छ । ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !