चितवनः जिल्लामा चालू आर्थिक वर्षको चैत महिना सम्म पाँच जना औलो रोगका बिरामी भेटिएका छन् । औलो रोगको संङ्क्रमण भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयले आज यहाँ आयोजित विश्व औलो दिवस कार्यक्रममा दिईएको जानकारी अनुसार भरतपुर महानगरपालिकामा ३ जना र रत्ननगर नगरपालिकामा २ जनामा औलो रोग देखिएको हो । ७ हजार १३९ जनाको परिक्षणका क्रममा उनीहरुमा यो रोग देखिएको हो । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार औलो रोगको संङ्क्रमण रोजगारीका शिलशिलामा बैदेशिक रोजगारीमा गएर फर्किएकाहरुमा देखिएको हो ।
गत आर्थिक वर्षमा जिल्लामा ९ जनामा औलो रोग देखिएको थियो । संङ्क्रमण सबैभन्दा धेरै पुरुष रहेका छन् ।१५ वर्ष माथिको उमेर समुहमा बढी संख्यामा यो रोग देखिएको उहाँले बताउनुभयो । यो रोग एनोफलीज लामखुट्टेले टोक्दा हुने गर्दछ । रोग लाग्दा ज्वरो आईरहने वा दिन विराएर ज्वरो आउने, टाउको वेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको कार्यालयका प्रमुख दुर्गा चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२५ सम्ममा औलो रोग निवारण गर्ने गरि कार्यक्रम संञ्चालन हुँदै आएको छ । नेपालमा पी भाइभाक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको सो अबसरमा जानकारी दिइएको थियो । बिदेशबाट आउने नेपालीमा पी फाल्सीपारम परजीवी भेटिने गरेको उहाँले बताउनुभयो ।
औलो सङ्क्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँहरुलाई पुर्ने, सुत्दा झुल भित्र सुत्ने जस्ता कार्य गर्नु आबश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !