चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ११ नहरचोकमा रहेको डिमलाइन ग्रुप अफ इन्जिनियरीङ सोलुसनले आफ्नो दोस्रो बार्षिकोत्सब मनाएको छ । कम्पनीले आज आफ्नै कार्यालयमा बार्षिकोत्सब मनाएको हो ।
सोलुसनले आफ्नो स्थापनाको दोस्रो वर्षमा सेवाग्राही, कर्मचारी र मजदुरहरुलाई सम्मान गरी मनाउको हो । उत्कृष्ठ मजदुर, उत्कृष्ठ कर्मचारी र सेवाग्राहीलाई सम्मान गरीएको सञ्चालक एबं अप्रेसन म्यानेजर इ.दिपक ढकालले जानकारी दिनुभयो । तीन जना साथीहरुको सहकार्यमा सञ्चालनमा ल्याईएको सो सोलुसनले चितवन सहित बिभिन्न जिल्लामा इन्जिनियरीङ् एबं भवन निर्माण सम्बन्धि सेवा दिदैं आएको छ । इ. दामोदर ढकाल, इ. अनिस काफ्ले समेतको सहकार्यमा सञ्चालन गरीएको सो कम्पनीले निर्माण तथा इन्जिनियरीङ् सम्बन्धि परामर्श दिदैं आएको छ । जिल्लालाई इन्जिनियरीङ्को केन्द्र बनाउने उद्धेश्यका साथ स्थापना गरिएको यस कम्पनीले आफ्नो सेवा क्षेत्र बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ ।






