चितवनः आठौं खिचरा महोत्सव २०७९ यहि पुस २९ गतेबाट सुरु हुने भएको छ । बिबिध भाषा धर्म संस्कृतिको संरक्षण एवं पर्यटन प्रबर्द्धनका उद्वेश्यले खिचरा महोत्सव गर्न लागिएको हो ।
वि. स. २०७० सालबाट सुरु भएको महोत्सव अहिले थारु समुदायको नयाँ वर्षको अबसरमा मनाईदै आएको छ । थारु समुदायको सांस्कृतिक महोत्सवको रुपमा रहेको यस महोत्सव हरेक वर्ष आयोजना गर्ने गरिन्छ । पुस २९ गतेबाट सुरु हुने महोत्सव माघ ९ गते सम्म संञ्चालन हुने महोत्सव आयोजक मुल समारोह समितिमा संयोजक कृष्णलाल चौधरीले जानकारी दिनुभयो ।
पूर्बी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ५ जनकौली स्थित गौचरनमा हुने छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले सुरुमा दुई दिनका लागि गरेको महोत्सव अहिले ११ दिन सम्म हुने गरेको छ । महोत्सव सम्पन्न गर्नका लागि १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको अज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । ३३ वटा उपसमिति बनाएर महोत्सवको तयारी गरिएको छ ।
“राष्ट्रिय एकता र बिबिधता हाम्रो सान । बहुजाति भाषा संस्कृति नेपालको पहिचान” भन्ने मुल नाराका साथ हुन लागेको महोत्सवमा थारु लगाएत विभिन्न जातजातिका परम्परागत भेषाभुषाा सहित संस्कृतिक प्रस्तुती, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, थारु समुदायको विशेष परिकार, थारु संग्रहालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन गर्ने, होमस्टे संरक्षण र प्रवर्द्धन मार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्र्याउन महोत्सवले सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा १३० वटा स्टल रहने छन् । रु ५५ लाखको खर्चमा हुन लागेको महोत्सवमा ५० हजारले अवलाकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !