चितवनः नारायणगढ मुग्लिन सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुत्यु हुनेमा भारत घर भई भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने १९ बर्षिय महमद सकिल साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता बिजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतामा बिहिबार साँझ भएको दुर्घटनामा साहको घटना स्थलमानै मृत्यु भएको हो । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाईकल अनियन्त्रीत भई पल्टिदाँ बिपरित दिशाबाट आउँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले किचेर उनको मृत्यु भएको हो । मोटरसाईकल चालक भने सकुशल रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।






