चितवनः नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा संघ र प्रदेशको सिट बाँडफाँड हुनु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले सत्यका आधारमा सिट बाँडफाड हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताको आधारमा सिट भाग लगाउनुपर्छ ।” काङ्ग्रेसले ९५ देखि एक सय सिट पाउने पर्ने दाबी उहाँको थियो । गठवन्धनमा रहेका दलहरु पनि यसका लागि तयार वन्नु पर्ने उहाँको भनाई थियो । अहिले गठवन्धनको बिकल्प नरहेको भन्दै उहाँले गठवन्धनका दलहरु सहमतीमा आउने बताउनुभयो ।
निर्वाचनमा काङ्ग्रेस होमिएको भन्दै उहाँले आम नेता तथा कार्यकर्ताहरुलाई निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !