चितवनः यहाँको माडी नगरपालिकामा जडीबुटि पार्क वनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी नगरपालिका वडा नम्बर ७ मा पार्क निर्माण गर्न लागिएको हो ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा तीन सय जडीबुटीका बिरुवा रोपिने छ । पार्कमा मौवा, तेजपत्ता, अमला, वेल जस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिने छ । तीन देखि पाँच मिटरको फरकमा बिरुवाहरु रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जडीबुटी पार्कबाट उत्पादीत जडीबुटीले आयुर्वेदीक औषधि निर्माणमा सहयोग पुग्ने छ ।” यसका लागि कार्यालयले रु २ लाख वजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार माडी नगरपालिका वडा नम्बर ७ मा रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माण गर्ने छ । बाँसबाट वनेको वारले बिरुवाहरुको संरक्षण गरि पार्क निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस !