चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १४ को भित्रि सडक अन्तर्गत लाफाचोकमा दुईवटा म्याजिक एक आपसमा ठक्कर खाँदा सात जना घाईते भएका छन् । पटिहानीबाट गितानगर तर्फ आउँदै गरेको ना १ ज ६१८८ नम्बरको म्याजिक र बिपरित दिशाबाट जाँदै गरेको ना १ ज ४१८१ नम्बरको म्याजिक आज बिहान ८ वजे एक आपसमा ठक्कर खाएको हो ।बिक्रमबाबा मेला दर्शन गर्न भक्तजन बोकेर जाँदै गरेको म्याजिक दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुबै म्याजिकमा सवार आठ जना घाईते भएका हुन । घाईते मध्ये एक जनाको अबस्था मध्यम रहेको छ भने अन्यको अबस्था सामान्य रहेको कार्यालयले जनाएको छ । घाईते सबैको एलाईभ अस्पतालमा उपचार भईरहेको छ । ठक्कर खाने दुबै सवारी र ना १ ज ६१८८ नम्बरको म्याजिक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।






