कामाडौं, ८ माघ । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् ।

नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३,रुपन्देहीमा१४९, बाँकेमा १४८, मकवमानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !