चितवनः पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ सय १ जनाको कोरोना परिक्षण गरिएकोमा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार कोरोना संक्रमित दर ३७ प्रतिशत पुगेको छ । संक्रमित मध्य १ सय ५० जना पिसिआर बिधिबाट परिक्षण गरिएको र अन्य एन्टिजेन बिधिबाट परिक्षण गरिएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय २८ पुगेको छ ।





