चितवनः जिल्ला कोभिड व्यवस्थापन केन्द्रले कोरोना भाईरस संक्रमण फैलन सक्ने देखिए पछि २५ जना भन्दा वढि सहभागी भएर हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, जात्रा, महोत्बमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्को अध्यक्षतामा बसेको केन्द्रको बैठकले पुस २५ गते देखि सञ्चालनमा आएको चितवन महोत्सबलाई पुस २९ गते भित्र पूर्ण रुपमा बन्द गर्न समेत आग्रह गरेको छ । २८ गते सम्मका लागि व्यवस्थापनको काम गरि सक्न बैठकले निर्देशन दिएको हो । यस्तै माघेसक्रान्तिमा हुने मकर मेला पूर्ण रुपमा सञ्चालनमा रोक लगाएको हो ।

बैठकले केन्द्रिय कोभिड व्यवस्थापन केन्द्रको पौष २५ गते बसेको बैठकले गरेको सिफारिस कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ । माक्स, सेनिटाईजर प्रयोग, भौतिक दुरीकायम, लगाएतका स्वास्थ्य मापदण्ड पालना गर्न सकेत सबैलाई अपिल गरेको छ । स्थानिय तहमा जनचतना जगाउँदै साविकका स्थानिय तहबाट वनाईएकार जिल्ला स्थित अस्पतालहरुका आइसोलेसन वेड तयारी अबस्थामा राख्न समेत अनुरोध वैठकले गरेको छ । स्वास्थ्य कार्यालय मार्फत नियमित खोप केन्द्रहरुमा खोपलाई अभियानकै रुपमा सञ्चालन गर्न, एन्टिजेन मार्फत कोरोना परिक्षण गर्न, सार्बजनिक स्थलहरु होटल, रेष्टुरेन्ट, सिनोमा हल, रंगशाला, आन्तरिक उडानमा जाँदा अनिवार्य रुपमा कोभिड बिरुद्धको भ्याक्सिन काड बोक्न समेत जिल्ला बासिलाई आग्रह गरेको छ ।

जिल्लामा सञ्चालन हुने सार्बजनिक तथा निजी सवारी साधनमा सिट क्षमता भन्दा बढी यत्रु नराख्न, सबै यात्रुलाई अनिर्वाय माक्सको प्रयोग गर्न लगाउन, चालक, सहचालकले अनिवार्य माक्स लगाउन सवारी साधन दैनिक निसंक्रमण वनाउन समितिले अनुरोध गरेको त । यप्रमुख जिल्ला अधिकारी तामाङ्का अनुसार विश्व विद्यालय, क्याम्पस लगाएतका सबै शैक्षिक प्रतिष्ठानका पुर्व निर्धारीत सेमेस्टर र बार्षिक परिक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी जोड आकारमा बसाई व्यवस्था गरि सञ्चालन गर्न सबैलाई अनुरोध गरिएको छ । उद्योग कलकारखाना, बैंक तथा बित्तय संस्थाहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !