चितवन, २१ मंसिर । शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शैय्याको अस्पताल भएका कलेजहरुले मात्र नर्सिङ् संञ्चालन गर्न पाउने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले चिकित्सा शिक्षा आयोगले वनाएको ऐन भन्दा वाहिर गएर काम गर्न नसकीने बताउनुभएको हो ।

आयोगले दुई वर्ष पहिला वनाएको ऐनले आफ्नै स्वामित्वमा रहेका कलेजहरुलाई एक सय शैय्याको अस्पताल बनाउन भनिएको भन्दै उहाँले भन्नुभयो “मापदण्ड पुगेका कलेजहरुले पढाउन पाउँछन् ।” अन्यको हकमा सल्लाहा भईरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो “पढ्न नपाईने रोकीएको भन्ने होईन । मान्यताप्राप्त गरेका कलेजहरुमा बिज्ञापन भइ सकेको छ ।” मन्त्रालयमा केही दिन अघि वसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनेको उहाँको भनाई छ ।

पिसिएल नर्सिङ् अध्ययन वि।सं। २०८० सालबाट खारेज गर्ने भनिएको हुँदा अब संञ्चालन गर्न नसकीने बताउनुभयो । उहाँले भन्नुभयो “अब देखि कक्षा सञ्चालन गर्दा पाँच वर्ष भन्दा कम समय भएको हुदाँ ऐन अनुसार स्थगन गरेका हौं ।” यस बिषयमा सरोकारवालाहरुसंग छलफल गरेर आबश्यक परे ऐन संसोधन गरिने उहाँले वताउनुभयो । अहिलेका लागि ऐन वाहिर गएर काम गर्न नसकीने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !