चितवन, १५ मंसिर । विश्व एड्स दिवसको अवसरमा कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज)का विद्यार्थीहरुले जनचेतनामूलक (याली आयोजना गरेका छन् । कलेजको एमबिबिएस २२ औं ब्याजका विद्यार्थीहरु र प्रवाह ग्रुपकाले (याली आयोजना गरेका हुन् ।

कलेज प्राङ्गणबाट निस्किएको जनचेतनामूलक ¥याली भरतपुर अस्पताल, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, दीपेन्द्र चोक हुँदै पुनः कलेजमा आएर कोणसभामा परिणत भएको थियो । (यालीमा सहभागीहरुले एचआईभी÷एड्सबारे जनचेतना फैल्याउन खालका प्लेकार्ड बोकेका थिए ।

¥यालीपछि आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा।डा।महेश माधुरले एचआईभीरएड्सबारे अझै पनि समाजमा जनचेतनाको कमी रहेको बताउनुभयो । उहाँले एड्सको वैज्ञानिक पृष्ठभूमिबारे चर्चा गर्नुभएको थियो । उहाँले एड्स नियन्त्रण गर्न यस्ता खालका जनचेतनामूलक कार्यक्रमहरु व्यापक रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले एचआईभी संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्कबाट, संक्रमित गर्भवती महिला र स्तनपान गराइरहेकी आमामार्फत् शिशुलाई, संक्रमित व्यक्तिको रगत लिएमा वा दिएमा वा अंग प्रत्यारोपण गरेमा, लागूपदार्थ सेवनमा निर्मलीकरण नगरेका सिरिन्जको प्रयोग गरेमा सर्ने बताउनुभयो ।

एचआईभीले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई घटाउने बताउँदै माधुरले यसका कारणले शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएर क्षयरोग, क्यान्सर, निमोनिया जस्ता विभिन्न अवसरवादी रोगहरु लाग्न सक्ने बताउनुभयो । उहाँले एचआईभी संक्रमणको उग्र रुपलाई एड्स भनिने जानकारी दिनुभयो ।

कलेजका सहायक प्राध्यापक डा.प्रेरणा बन्सालले एड्सको वर्तमान अवस्थाबारे चर्चा गर्दै एड्स रोकथाममा मेडिकल शिक्षाका विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

एड्स रोग लागेमा पहिलो चरणमा रुघाखोकी, ज्वरो, थकान, मांसपेशीको दुखाई जस्ता साधारण लक्षणहरु देखिने जानकारी दिंदै डा.बन्सालले जुन सामान्य उपचारबाट हराउँने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “यसपछि एचआईभी भाईरस शरीरमा लामो समयसम्म लक्षणबिना आफ्नो संख्या बृद्धि गर्दछ । यस दौरान एचआईभी भाईरसले शरीरको प्रतिरक्षा प्रणालीको सिडिफोर कोषहरुलाई नष्ट गरी रोग प्रतिरोधात्मक क्षमतामा क्रमिक ह्रास ल्याउँदछ ।”

सुरक्षित यौन सम्पर्क गर्ने अथवा यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने, मानव अंग र रगत परीक्षण गराएर मात्रै लिने वा दिने गर्नुपर्ने उहाँको भनाई छ । निर्मलीकरण नगरिएका सिरिन्जको प्रयोगबाट समेत यो रोग सर्ने उहाँले बताउनुभयो । कार्यक्रमको संयोजन प्रभा समूहका प्रमुख कमलराज बरालले गर्नुभएको थियो ।

सिएमसिजी विभिन्न समयमा स्वास्थ्य जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कलेजले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर गरेर ग्रामीण भेगका जनतालाई सेवा समेत दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !