चिगवन,१५ कात्तिक । महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री उमा रेग्मीले बालबालिकाहरुलाई छिटो भन्दा छिटो खोप दिने व्यवस्था गरिने बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले पाँच वर्ष माथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताउनुभएको हो । उहाँले भन्नुभयो “बिदेशमा यसको परिक्षण भई रहेको छ । परिक्षणको काम सम्पन्न भए संगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।”
खोपको सुनिश्चितता भई सकेको भन्दै उहाँले अब छिटो भन्दा छिटो खोप ल्याउन तर्फ सरकार लाग्ने बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले न्यायपालिकालाई बिबादमा पार्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो “विवाद मिलाएर अगाडी वढ्नु पर्छ ।”न्यायपालिकालाई बिबादमा मुछ्नु राम्रो नहुने उहाँका भनाई थियो ।







